अनलाइन सञ्चालन निर्देशिकाप्रति महासंघको आपत्ति

काठमाडौं/ नेपाल पत्रकार महासंघले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको भन्दै सच्याउन माग गरेको छ । निर्देशिका संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेको भन्दै महासंघले सच्याउन सरकारसँग माग गरेको हो । केही बुँदा सच्याउन माग नयाँ माध्यमका रूपमा दु्रत विकास भइरहेको अनलाइन सञ्चारमाध्यमको विकास र विस्तारलाई यस्ता प्रावधानले अंकुश लगाउन खोजिएको महासंघको तर्क छ । निर्देशिकाका केही प्रावधान तत्काल हटाउन महासंघले आग्रहसमेत गरेको छ । महासंघका महासचिव उजिर मगरद्वारा सोमबार जारी विज्ञप्तिमा निर्देशिकाका नं ११ र नं २१ का बुँदालाई सच्याउन आग्रह गरिएको छ । अंकुश नलगाउन आग्रह अनलाइन माध्यमलाई सूचीकरण गर्ने प्रावधानप्रति आफूहरू सकारात्मक रहेको जनाउँदै महासंघले तिनको दर्ता र सूचना विभागबाट हुने अनुगमन तथा निरीक्षणको व्यवस्थाप्रति असहमति जनाएको छ । प्रेससँग असम्बन्धित रहेको सुशासनसम्बन्धी ऐनमा टेकेर प्रेस स्वतन्त्रतामाथि अंकुश नलगाउन महासंघले सरकारसँग माग गरेको छ