आइफोन १० नेपाली बजारमा

नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता कम्पनी नेक्स्ट कम्युनिकेशनले आजबाट नेपाली बजारमा एप्पलको आइफोन १० सार्वजनिक गर्ने बताएको छ ।

नेपाली बजारमा उपलब्ध हुने आइफोन १० मा ६४ जीबी र २५६ जीबीमा हुने एप्पल कम्पनीको दाबी छ ।
सिल्भर र स्प्रे ग्रे कलरमा आइफोन १० उपलब्ध हुनेछन् । फरक फरक विशेषताका उक्त फोनहरुको भ्याटसहित मूल्य ६४ जीबीको १ लाख ३८ हजार तथा २५६ जीबीको मूल्य १ लाख ५९ हजार पर्ने एप्पल कम्पनीले बताएको छ ।