एनआरएन मलेसियाका अध्यक्ष कारवाहीमा

एनआरएन मलेसियाका अध्यक्ष कारवाहीमा

गैरआवासिय नेपाली संस्था (एनआरएन)
मलेसियाका अध्यक्ष महेन्द्रजंग शाहलाई कारवाही गरेको छ । आज बसेको वैठकले उनलाई कारवाही गरेको हो । “मलेसियास्थीत नेपाली राजदुतवासमा विभिन्न व्यक्ति,संस्थाले दिएको उजुरी, विभिन्न पत्रपत्रिकामा आएका समाचार र मलेसियाका प्रहरी कार्यलयमा परेको उजुरीहरुको आधारमा निज शाह एनआरएनजस्तो गरिमामय संस्थाको अध्यक्षमा रही विश्वभर संगठीत एनआरएनमा समेत दाग लाग्ने देखिएकोले कारवाही गर्ने निर्णय गरिएको हो ।” विज्ञप्तिमा उल्लेख छ । उजुरी र समाचारप्रति एनआरएनका अन्य पदाधिकारी तथा सदस्यहरुले जानकारी गराउँदा पनि अटेर गरेको र वैठकसमेत नबोलाएको उपाध्यक्षको पहलमा वैठक बसी कारवाही गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा जनाइएको छ । साथै दुईमहिनाभित्र सम्मेलन गरी अर्को कार्यसमिति
निर्माण गर्न एनआरएन मलेसियाका प्रमुख संरक्षक शंकरबहादुर पौडेललाई जिम्मेवारीप्रदान वैठकले गरेको छ । नेपाली मुलका मलेसियन नागरिक पौडेल यसअघि तीन कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन् ।