एनआरएन यूकेको चौथो काउन्सिल बैठक सम्पन्न

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेको चौथो काउन्सिल बैठक सम्पन्न भएको छ । आइतवार अल्डरशटस्थित एम्पायर हाउसमा सम्पन्न बैठकले १० बुद्धे अल्टशट घोषणपत्र जारी गरेको छ । १ सय भन्दा बढी संघसँस्थाको उपस्थित रहेको सो बैठकको उद्धघाटन बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन, गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, यूरोप संयोजक कुल आचार्यले संयुक्त रुपमा गरेका थिए ।patra कार्यक्रममा गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, एनआरएन यूकेका पूर्वअध्यक्षहरु सूर्य गुरुङ, महेन्द्र कंडेल, योगेन क्षेत्री, गैरआवासीय नेपाली सँघका सल्लाहकारहरु विश्वआर्दश पण्डित, डमर घले लगायतले शुभकामना मन्तब्य दिए ।l3 बैठकमा एनआरएन यूकेका काेषाध्यक्ष दीपक श्रेष्ठले आर्थिक प्रतिवेदन र महासचि विजय लिम्बूले वार्षिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका थिए । राजेश पाठकले नेपाल हाउस सम्बन्धी अवधारण प्रस्तुत गरे । अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष दासु पाण्डेले गरेका थिए । कार्यक्रमको अन्त्यमा जारी घोषणा पत्रमा दोहोरो नागरिकता, पुर्नरनिमार्ण, विधानसंसोधन, भूपू गोर्खा महिला तथा नेपालमा लगानीका बिषय समेटिएको छ । बैठकले मिस यूके नेपाल तनिसा रानालाई एनआरएन यूकेको गुडवील एम्बास्डर नियूक्त गर्ने निर्णय समेत गरेका छ ।jiv घोषणापत्रको पूर्णपाठ गैर आवासीय नेपाली संघ बेलायत संघ संस्था प्रतिनिधी सभा २०१६ गैर आवासीय नेपाली संघ बेलायतको संसोधित बिधान २०१५ को मर्म र परिकल्पना अनुरुप बेलायतमा स्थापना भएर नेपाल र नेपाली समुदायको सेवामा सक्रिय रुपमा कृयाशील रहेका बिभिन्न संघ संस्थाहरुका प्रतिनिधी हरुको उपस्थितीमा ‘गैर आवासीय नेपाली संघ बेलायत -संघ संस्था प्रतिनिधी सभा २०१६’ बेलायत अल्डरसट स्थित एम्पायर हलको सभा कक्षमा लन्डन घोषणा पत्र जारी गर्दै भब्य रुपमा सम्पन्न भयो । गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा संयुक्त अधिराज्य बेलायतमा स्थापित भएर सक्रिय रहेका १०० भन्दा नेपाली संघ संस्था का प्रतिनिधी हरु गैर आवासीय नेपाली संघ बेलायत र संघ संस्था बीच एकता र भातृत्वको भावना अभिवृद्दी गर्दै नेपाल तथा नेपालीको हित हुने कार्यमा अधिकतम योगदानको उपयोग तथा कार्य सम्पादनमा प्रभावकारिता अभिवृद्दी गर्ने बुँदाहरुमा केन्द्रित हुँदै घनिभूत छलफलमा सहभागी भए । गैर आवासीय नेपाली संघले अंगालेको विश्वव्यापी बृहत्तर अभियान, यसका प्राप्ति तथा बेलायतमा भए गरेका र गर्न सक्ने सम्भावित कार्य क्षेत्र अन्तर्गत सहभागी हरुलाई निष्कर्सात्मक छलफलका लागी दिईएका समसामयीक बुंदाहरु माथी आएका सुझाव हरुको आशयलाई लिपिवद्द गर्दै गैर आवासीय नेपालि संघ बेलायत द्वारा निम्न लिखित घोषणा पत्र जारी गरिएको छ । गैर आवासीय नेपाली संघ बेलायत संघ संस्था प्रतिनिधी सभा २०१६ लन्डन घोषणापत्र १. गैर आवासीय नेपालीहरु लाई आर्थिक , सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने प्रावधान नेपालको नयाँ संबिधानमा व्यवस्था भएकोमा खुशी व्यक्त गर्दै एक पटकको नेपाली सधैको नेपाली भन्ने नाराको मूल मर्म अनुरुप कुनै संकुचन बिना बंशजकै आधारमा सम्पूर्ण अधिकार सहितको नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गर्ने तर्फको परामर्श थालियोस भन्ने माग गर्दछ । साथै संबिधान कार्यान्वयनको लागी आवस्यक पर्ने बिभिन्न ऐन तथा नियम हरुको निर्माण कार्यमा गैर आवासीय नेपाली संघको परामर्श लिदै नागरिकता सवालमा गैर आवासीय नेपालीहरुको भावना र मर्म लाई समेट्दै सिमितता बिनाको सहज प्रावधान हरुको व्यवस्था होस भन्ने कुरामा समेत गैर आवासीय नेपाली संघ बेलायत जोडदार माग गर्दछ । साथै नागरिकता निरन्तरताको बिषयमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णयमा हुने अभियान हरुमा बेलायतका नेपाली हरुको तर्फ बाट यहाँ स्थित नेपाली संघ संस्थाहरु संग समन्वय गर्दै गैर आवासीय नेपाली संघ बेलायत अग्रसर बन्न कुरा समेत यस अवसरमा जानकारी गराउदछौ ।