कार्यवाहक राजदूत शरदराज आरनलाई स्वागत

रामेछाप समाज, यूकेले बेलायतका लागि नवनियुक्त कार्यवाहक राजदूत शरदराज आरनलाई स्वागत गरेको छ ।

जिल्लावासी आरन कावा राजदूतको जिम्मेवारीमा पुगेको भन्दै समाजले फानब्रो दिवाली रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी स्वागत गरेको हो । प्रताप लामाको स्रयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि आरनले आफूलाई जिल्लावासीले बेलायतमा स्वागत गरेको भन्दै खुसी प्रकट गर्नुभयो । उहाँले समाजबाट आत्मिय स्वागत पाएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा कार्यक्रम संयोजक लामासहित होम सुनुवार, पन्नालाल श्रेष्ठलगायतले खादा तथा पुष्पगुच्छाले कावा राजदूत आरनलाई स्वागत गर्नुभयो । कार्यक्रममा कवि केदार सुनुवारले आफ्नो कविता संग्रह प्रदान गरेका थिए । समाजसेवी विजय थापाले जिल्लावासीको सुबिधा को लागी आफ्नो गाउँमा एम्बुलेन्स पठाउने सम्बन्धी आवश्यक छलफल गरेका थिए ।

कार्यक्रममा समाजसेवी एवं लन्डन नेपाल न्यूज डट कमका डिजिटल कोअर्डिनेटर वीरेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।RN2RN3