दोलखामा ३९ अमेरिकी सेना

दोलखा, १७ जेठ । दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन् । अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आएको टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पु¥याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण चरिकोटले जनाएको छ । अमेरिकी सेनासँग दोलखा स्थित नेपाली सेनाले समन्वय गर्ने बताइएको छ । अमेरिकी सेनाले स्थानीयवासीलाई आफ्नो देशको सांस्कृतिक कार्यक्रम देखाउनेसमेत जनाएको छ । सेनाले पटकपटक गरी तीन चरणमा कार्य गर्ने उल्लेख गरिएको छ । अमेरिकी सेनाको टोली सोमबार नै सुन्द्रावतीको कालिका उमाविमा बास बस्ने बताइएको छ । सेनाले १७ देखि ३२ गतेसम्म त्यहाँ कार्य गर्ने जनाएको हो । आज १३ जनाको टोली दोलखा आइपुगेको छ । अन्य २६ जना दुई पटक गरेर आउने अमेरिकी सेनाले जनाएको छ ।