नयाँ शक्तिको दृष्टि : नेपालमा पाँचथरी पार्टी

काटमाडौं, ३० जेठ । ‘कन्जर्भेटिज्म’ पुरानो सत्ताको बिरासतमा आधारित पारम्परिक प्रवृत्ति भएका पार्टीलाई नयाँ शक्तिले ‘कन्जर्भेटिज्म’ प्रवृत्तिका रूपमा व्याख्या गरेको छ । यस्ता पार्टीलाई राप्रपावादी धारका रूपमा चित्रण गरिएको छ । पञ्चायत र राजतन्त्रको युगमा काम गरेका राजनीतिज्ञहरूको राजनीतिक भविष्य रक्षाका लागि त्यस्ता पार्टीको जन्म भएको र ती पार्टीले अहिले ‘हिन्दूत्व’को नारा दिएको भनिएको छ । लोकतन्त्रको युगमा राजतन्त्र र निरंकुशताको प्रत्यक्ष पक्षपोषण गर्न पनि नसक्ने, राजनीतिमा कुनै न कुनै रूपमा टिकी पनि रहनुपर्ने आवश्यकताले यो धार रहेको विश्लेषण गरिएको छ । उदार लोकतान्त्रिक कांग्रेसलाई उदार लोकतान्त्रिक धारको प्रतिनिधि दलका रूपमा नयाँ शक्तिले व्याख्या गरेको छ । नयाँ शक्तिको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हुन त नेपाली कांग्रेस उदार लोकतान्त्रिक हो कि प्रजातान्त्रिक समाजवादी भन्ने सैद्धान्तिक बहसको विषय हुनसक्छ । तर, व्यवहारत: उसले आफूलाई उदार लोकतान्त्रिक दलकै रूपमा प्रस्तुत गरेको छ । कांग्रेसका समर्थकहरू सामान्यत: राजावादी, कम्युनिस्ट र क्षेत्रीयतावादी दलमा आबद्ध हुन चाहँदैनन् ।’ जडसूत्रीय अवसरवादी यो धारमा कम्युनिस्ट धारका घटकहरूलाई राखिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘संगठनात्मक हिसाबले बलियो नै भए पनि विचार, कार्यदिशा र आचरणका हिसाबले यो धाराका पार्टीभित्र अनेक समस्याहरू छन् । बिस्तारै यो धारलाई जनताले विश्वास गर्न छाडेका छन् । यो धार आज एउटा वैचारिक आदर्शभन्दा बढी पाखण्डजस्तो प्रतीत हुन थालेको छ । कुरामा ‘क्रान्तिकारी’ तर व्यवहारमा ‘अवसरवादी’ अर्थात् जडसूत्रीय–अवसरवाद यो धारको मुख्य विशेषता हो ।’ ४) मधेसवादी/जनजातिवादी धार ‘नेपालको विशिष्टतामा यसलाई संघीयतावादी/क्षेत्रीयतावादी धार पनि भन्न सकिन्छ । पुराना मूलधारका दलहरूले संघीयता, समानुपातिकता र समावेशितालाई समयमै, सार्थक ढंगले समाउन नसक्दा यो धारको जन्म भएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘यो धारका आफ्नै सीमाहरू छन् । यो धारमा असाध्यै ठूलो टुटफुट र विभाजन छ । नेतृत्वपंक्तिको सत्तालिप्सा, अवसरवाद र धोकाधडीबाट यसमा गोलबन्दहरू निराश छन् । क्षेत्रीय संगठन र पहुँचका कारण यो धार राष्ट्रिय विकल्प बनेर आउन नसक्ने हीनताभाषमा पनि छ ।’ ५) वैकल्पिक धार नयाँ, फरक र वैकल्पिक धार नयाँ शक्ति नेपाल भएको दाबी गरिएको छ । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘एक्काइसौँ शताब्दीका चिन्ता, चासो र सरोकारलाई समेट्दै आफ्नै मौलिकता र विशिष्टतामा यसले वाम–लोकतान्त्रिक धारलाई समातेको छ । अनेकन शास्त्रीय बहस र पुरातन बिरासतसँग जोडिनुभन्दा सीधै विकास, सुशासन, समन्याय, समृद्धि, स्वाधीनता, समावेशिता, सहभागितामूलक लोकतन्त्र, सदाचार र मानवीय खुसीजस्ता एजेन्डामा केन्द्रित भएर नेपाली राजनीतिमा नयाँ विकल्प दिने धार नयाँ शक्ति हो SOURCE: NAYAPATRIKA