पौने ६ केजीको शिशुको जन्म

पोखरामा एक महिलाले ५ केजी ७ सय ५५ ग्राम तौलको शिशुलाई जन्म दिएकी छन् । स्याङ्जा एलादी–१ घर भई हाल पोखरा बस्दै आएका होमबहादुर गुरुङकी श्रीमती लक्ष्मी गुरुङले जन्माएको सो शिशु सम्भवत: नेपालमै हालसम्मको बढी तौलको रहेको चिकित्सकहरूको भनाइ छ । २८ वर्षीया लक्ष्मीले आफ्नो दोस्रो सन्तानको रूपमा छोरा जन्माएकी हुन् । शुक्रबार सााझ चिकित्सकहरूले शल्यक्रिया गरी शिशुलाई निकालेकोमा अस्वाभाविक तौलको पाइएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पहिलो सन्तान तीन केजीको लक्ष्मीले यसअघि पहलो सन्तानको रूपमा ३० महिनाअघि छोरी जन्माएकी थिइन् । उनको तौल साढे तीन किलो मात्र थियो । बढी तौलको बच्चा जन्मिएसागै अभिभावक र चिकित्सकसमेत छक्क परेका छन् । जन्मिएको बच्चा र आमाको अवस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन् । शल्यक्रिया गरेकी चिकित्सक डा. अर्चना पुनले छक्क पर्दै भनिन्, ‘अहिलेसम्मको मेरो अनुभवमा ४ किलो २ सय ग्रामभन्दा बढी तौलको बच्चा जन्मेको थाहा छैन ।’ बच्चा जन्मादा ६ किलोको भए पनि डिजिटल मेसिनमा तौलिादा ५ किलो ७ सय ५५ ग्राम देखिएको बताउादै पुनले भिडियो एक्सरे गर्ने डाक्टरले ‘आमाको बोसो धेरै छ, शल्यक्रिया गर्दा गाह्रो हुन्छ’ भनेको सुनाइन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोला वंशाणुगत वा मधुमेह भएकी आमा वा त्यस्तै अन्य केही रोग भए मात्र बढी तौलको बच्चा जन्मने बताउाछन् । तर, लक्ष्मीमा यस्तो केही नरहेकाले आफूहरू छक्क परेको बताउादै उनले नेपालका लागि यो नौलो घटना रहेको बताए । आमा–बाबु नै आश्चर्यमा बाबु होमका अनुसार लक्ष्मीले घरमा सामान्य खाना खाने गरेको बताउादै यति ठूलो बच्चा कसरी जन्मियो आफू छक्क परेको बताए । उनले आमा र बच्चाको स्वास्थ्य ठीक भएको जानकारी दिए । आमा लक्ष्मीले अघिल्लोपटकको भन्दा यसपटक केही गाह्रो भएको अनुभव आफूले गरे पनि यस्तो ठूलो बच्चा जन्मेला भन्ने आफूलाई नलागेको बताइन् ।