प्रचण्ड र केपीबीच भेटवार्ता

 प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारका काम कारबाही, नेकपा (एमाले) र तत्कालीन एमाओवादीबीच भएको नौबुँदे सहमति, राष्ट्रिय सहमतिको सरकार गठन लगायत विषयमा छलफल भएको छ । एमाले स्थायी समितिको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल सुरु भएको सन्दर्भमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ