सभामुख ओनसरी घर्तीको स्वागत तथा सम्मानमा एनआरएन यूके

बेलायत भ्रमणमा आउदै गरेकी सभामुख ओनसरी घर्तीको स्वागत तथा सम्मानमा एनआरएन यूकेले पनि एक कार्यक्रम गर्ने भएको छ । अल्डर्सटस्थित एम्पायर हलमा आइतबार दिउसो १ देखि ३ बजेसम्म कार्यक्रम तय भएको एनआरएन यूकेका प्रवक्ता खुशी लिम्बुले जनाए । सभामुखसंगै बेलायत आउने मुख्य दलका प्रमुख सचेतकहरु र संसद सचिवालयका सचिवहरुलाई पनि सो कार्यक्रममा एनआरएन यूकेले स्वागत तथा सम्मान गर्नेछ । कार्यक्रममा सहभागिताको लागि एनआरएन यूकेले बेलायतबासी नेपालीहरुमा आव्हान गरेको छ । बेलायती संसदको अन्तर पार्टी युनियनको निमन्त्रणामा संसदीय टोलीको नेत्रित्व गर्दै सभामुख घर्ती आइतबार बिहान लन्डन आउँदैछिन । उनीहरु अप्रिल२३ मा नेपाल फर्किनेछ