सरकार परिवर्तन नहुने दावी

काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तन नहुने दावी गरेका छन् । पछिल्लो समय सरकार परिवर्तनको हल्ला चलिरहेको बेला प्रम ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन् । भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलील भने, ‘सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो । यो दायाँबायाँ हुँदैन ।’ उनले सरकारले आफ्ना नीति तथा कार्यक्रमअनुसारका योजनालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । भूमिसुधार तथा व्यवस्थापनमन्त्री रामकुमार सुब्बाले मुलुकमा सबै नागरिकको अचल सम्पत्तिको सुरक्षा गर्ने दायित्व आफ्नो मन्त्रालयको भए पनि स्रेस्ता प्रणाली भरपर्दो नरहेको गुनासो गरे । रासस