साउदी अरबमा नेपाली राजदुतमाथि छुरा प्रहार

काठमाडौं, वैशाख २ ।  साउदी अरबका लागि नेपालका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि बिहीबार छुरा प्रहार भएको छ ।

 

दूतावासमा शरण लिइरहेका एक नेपालीले कार्यबाहक राजदूतमाथि उनको आफ्नै कार्यकक्षमा छुरा प्रहार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



मन्त्रालयका अनुसार छुरा प्रहारबाट घाइते भएका शर्माको साउदी अरबको किङ फेसल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको छ ।



आक्रमण गर्ने उक्त नेपाली व्यक्तिलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही शुरु गरेको छ। आक्रमण गर्ने नेपालीको परिचय भने मन्त्रालयले खुलाएको छैन ।