भारतीय प्रधानमन्त्री मोदीद्वारा सामुहिक सैन्य अभ्यास र बौद्ध सम्मेलनको प्रस्ताव

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरु सामुहिक सैन्य अभ्यास गर्ने र बौद्ध सम्मेलनको प्रस्ताव गरेका छन् । साथै उनले आतंकवादबिरुद्ध मिलेर काम गर्नुपर्ने पनि औल्याएका छन् । 

 

चौथो बिमस्टेक सम्मेलनमा बोल्दै बिहीबार मोदीले भारतले डिजिटल केनेक्टिभीटीको क्षेत्रमा आफ्नो राष्ट्रिय नेटवर्क र ज्ञान श्रीलंका, बंगलादेश, भुटान र नेपालमा बढाउन इच्छुक रहेको समेत बताए।
 
उनले बंगालको खाडी क्षेत्रमा कला, संस्कृति, सामुद्रिक कानून एवं अन्य विषयसँग सम्बन्धित भएर नालन्दा विश्वविद्यालयमा सेन्टर फर बे अफ बंगाल स्टडिजको स्थापना गर्ने बताए।
 
हिमालय र बंगालका खाडीसँग जोडिएका मुलुकहरुले प्राकृतिक प्रकोपको सामना गरिरहेको औँल्याउँदै उनले यस क्षेत्रका देशहरुले एक आपसमा मानवीय सहायता एवं प्रकोप नियन्त्रणका लागि सबैको सहयोग र समन्वय अति आवश्यक रहेको औल्याए।
 
नशालु पदार्थसँग सम्बन्धित विषयमा रहेर बिमस्टेक फ्रेमवर्कमा रहेर भारत एक सम्मेलनको आयोजना गर्न तयार रहेको मोदीले बताए।
 
चौथो शिखर सम्मेलन ठोस कदम उठाउने राम्रो अवसर भएको बताउँदै मोदीले काँधमा काँध मिलाएरभारत अन्य देशहरुसँगकाम गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।
source:kantipurdaily