राहुल गान्धी काठमाडौंमा, भोलि पशुपति दर्शन गरेर मानसरोबर जाने

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन्। गान्धी दिउँसो काठमाडौं ओर्लिएका हुन्। उनी लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बसेका छन्।

भोलि बिहान पशुपतिनाथ दर्शन गरेर तिब्बत हुँदै शनिबार मानसरोबरको यात्रामा निस्कनेछन्।

उनको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नभएको स्रोतले जनाएको छ। उनलाई काठमाडौंस्थित भारतीय दूतावासका सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन्। 

संयोगले भारतका दुई शक्तिशाली राजनीतिज्ञ एकै दिन काठमाडाै‌ंमा छन्। 

बिमस्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री बिहीबारदेखि नै काठमाडौंमा छन्। उनी शुक्रबार बेलुकी फर्कदैँछन्। 

source:setopati