लर्ड मेयर डा. एन्ड्रयु पार्मद्वारा पत्रकार सम्मेलन

लन्डनका लर्ड मेयर डा. एन्ड्रयु पार्म नेपाल र बेलायतको दुई सय बर्ष गाँठको अवसरमा जनवरी २१ देखि २४ सम्म नेपालको चार दिने भ्रमणमा जाने भएको छन । भ्रमणका अवसरमा नेपाल सरकारको अर्थमन्त्री, उर्जामन्त्री, सांसद, राष्ट्र बैंकका गभर्नर,नेपाल लगानी बोर्डका अधिकारीहरु लगायत ब्रिटेन नेपाल च्याम्बरका प्रतिनिधिहरु संग भेट्ने कार्यक्रम रहेको कुरा जनाउदै केहि बिध्वित उत्पादन क्षेत्र र उपत्यकाको केही भुकम्प पीडित क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको कुरा लर्ड मेयरले आज सेन्टर लन्डनको म्यन्सन हाउसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ । कार्यक्रममा नबिन पोखेरल, धुर्ब राज अर्याल, सिद्धार्थ बिक्रम, बिजय थापा,विकल चन्द्र आचार्य, बिरेन्द्र श्रेष्ठ र एभरेष्ट गौतमको उपस्थिती रहेको थियो l