रेखा थापा राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीमा मनोनित

नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छिन् । साथै उनले पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी छिन्।
थापाले आजै सहमहामन्त्री र प्रवास विभाग प्रमुखमा मनोनयनको पत्र बुझ्दैछिन् ।

कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ ।