दोहोरो नागरिकताले अष्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य ठहर

अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिएका छन्। उनीसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो। अयोग्य ठहरिएका भएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुन्। 
उनीहरुसँग दोहोरो नागरिकता रहेकाले उनीहरु सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो। अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था रहेको छ। जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिनु भएको हो। उनीहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसकेका थिए।

जोयस र लुड्लामका बुवा आमा न्युजल्याण्डमा जन्मीएका हुन्।त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मीनु भएको हो भने रोबर्टस् भारतमा जन्मिनु भएको थियो। त्यस्तै वेल्स र उनीको बुवाको जन्म क्यानडामा भएको हो। उनीहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ