प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत भ्रमणमा गएका हुन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे प्रधानमन्त्री ओली ४५ सदस्यीय टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत छन् ।

प्रधानमन्त्रीलाई प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरे।