प्रधानमन्त्री ओलीले स्वदेश फर्केर भने- भारतसँग सम्बन्ध राम्रो भएको छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत २३ गते भारत गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा भारतको राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न नेताहरुसँग भेटवार्ता गरेका थिए।
 
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए ।
 
स्वदेश फर्किए लगत्तै विमानस्थलमा नै पत्रकारहरुलाई भ्रमण बारे जानकारी दिँदै उनले भारतसँगको सम्बन्ध राम्रो भएको जानकारी दिए । उनले नेपालले भारतसँग सदैव राम्रो सम्बन्ध राख्न चाहेको र अर्को पक्षले सम्बन्ध नबिगारे कहिल्यै पनि सम्बन्ध नबिग्रिने बताएका छन् ।
 
उनले भारतसँग विगतमा र अहिले भएका सम्झौता छिटो भन्दा छिटो कार्यन्वयन गर्नु पर्ने विषयमा पनि दुवै पक्ष सहमत रहेको पनि जानकारी दिए ।
SOURCE: KANTIPUR