३३ किलो सुन प्रकरण: महाशाखाका सई गजेन्द्र रावल नियन्त्रणमा

काठमाडौँ — महानगरीय प्रहरी अपराध महाशाखाका सई गजेन्द्र रावललाई ३३ किलो सुन प्रकरणमा बनेको अनुसन्धान समितिले नियन्त्रणमा लिएको छ । 

 
सई रावलको सुन तस्करीका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग सम्पर्कमा रहेको देखिएपछि छानविनको लागि नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतको दाबी छ।
 
स्रोतका अनुसार झण्डै एक वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कक्षबाट बाहिरिएको एक गाडीभित्र रहेको दुई केजी सुन गोरेले दिएको सूचनाका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो।
 
समितिले सोमबार महाशाखाका अर्का सई बालकृष्ण सञ्जेलसँग यही प्रकरणमा दोस्रो पटक बयान लिएको थियो। सञ्जेल तिनै सई हुन् जसको गोरेसँगको निरन्तर सम्पर्क देखिन्थ्यो।
 
सञ्जेललाई यसअघि नै प्रहरी प्रधान कार्यालयमा तानिसकिएको छ।
SOURCE :KANTIPUR