प्रधानमन्त्रीले भने, ‘जनताबाट फूल ब्याट्री चार्ज भएको सरकार पिलपिल गर्दैन’

प्रधानमन्त्री ओलीले आज प्रदेश ५ को संसदलार्इ विशेष सम्बोधन गरेका छन् । २१ गतेका लागि तय भएको प्रदेशसभा बैठक प्रधानमन्त्रीको सम्बोधनका लागि अाजलार्इ सारिएको हाे ।

सम्बोधनका क्रममा उनले मुलुकलाई विकासतर्फ अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले जनताबाट फूल ब्याट्री चार्ज भएको सरकार भएकाले पिलपिल नगरी कामलाई तीव्र पार्ने दाेहाे-याए ।

प्रधानमन्त्री ओलीले एक घण्टा पाच मिनेटको सम्बोधनमा मुलुकको विकास, सम्वृद्धि तथा प्रदेश सरकारलाई बलियो बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत भएको बताए । उनले प्रदेशलाई बलियो बनाउन सहयोगमा कुनै कमी नहुने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओली हेलिकोप्टरबाट बुटवल पुगेर बुटवलको खयरघारीस्थित प्रदेश संसद भवन पुगेका थिए । यसपछि प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी जाने कार्यक्रम छ ।

SOURCE:NAYAPATRIKA