युकेमा एक नेपाली महिलाको गाडीको ठक्करबाट घटनास्थलमै मृत्यू

गत २९ अप्रिल २०१८ को दिन लण्डनको वेष्ट हन्सलोमा गाडिको ठक्करबाट एक नेपाली महिलाको दुर्घटनास्थलमै मृत्यू भएको छ ।

दुर्घटनामा झापाकी श्रीमति मीना तावाहाँङ लिम्बुको मृत्यू भएको हो । ४९ बर्षिया मिनाको श्रीमानको पनि केही समय अघि मात्र नेपालमा निधन भएकोले काजक्रिया सकेर उनी लण्डन भर्खरै फर्केकी थिइन । घरमा पाहुना आउने भएकोले किनमेल गर्न दोकान गएर फर्कन्दै गर्दा बाटो काटने क्रममा दुतगतिमा आएको गाडीको ठक्करले मृत्यू भएको कुरा वहाको माइती पक्षले जनाएको छ ।

स्व. मिनाको निधनको बारेमा थर्पुसमाजले श्रद्धाञ्जली विज्ञप्ति पनि प्रकाशित गरेको छ । हेर्नुहोस जस्ताको तेस्तै । युकेमा गाडीको ठक्करले नेपालीहरु मर्नेक्रम बढ्दो छ ।


प्रेश बिज्ञप्ति

दुखद खबर !

यस पाँचथर थर्पू समाज यूकेकी एक सक्रिय सदस्य श्रीमती मीना तावाहाङमा लिम्बुको आज लण्डनमा एक दुर्घटनामा परी मृत्यु भएको छ । यस खबरले आज बेलायतवासी थर्पूवालेजनहरु शोकमा डुबेका छन् ।

वेस्ट हन्सलोस्थित आफ्नो निवास नजिकैको बाटो काटिरहँदा तेज गतिमा आइरहेको एक गाडीले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो । स्व. मीना तावाहाङको पार्थिब शरीर हाल हस्पिटलमा राखिएको छ र प्रहरीद्धारा दुर्घटनाका छानवीन हुने भएको छ ।

आफ्नो बुबा भारतीय गोर्खा सैनिकमा सेवारत हुँदा भारतमा बि. स. २०२५ सालमा जन्मेकी स्व. मीनाको माइतघर झापा जिल्लाको गोल्धाप हो र पुख्र्यौली घर पाँचथर जिल्लाको थर्पू (हाल याङवरक गाउँपालीका ४) हो । माध्यमिक शिक्षा लिन उनी २०४४ सालमा झापाबाट पाँचथर गइन् र थर्पू माध्यमिक बिद्यालयबाट २०४७ सालमा प्रवेशिका परीक्षा दिइन् । सोही साल उनको ताप्लेजुङ जिल्लाको हाङपाङ निवासी भिम आङबुहाङसंग विवाह भयो । एउटा दुखद संयोग, पूर्व ब्रिटिश गोर्खा भिम आङबुहाङको पनि गत महिना मात्रै नेपालमा मृत्यु भएको थियो । श्रीमानको काजक्रिया सकेर गत हप्ता मात्र मीना बेलायत फर्केकी थिइन् ।

स्व. मीना तावाहाङले आफ्नो २४ बर्षीय र २० बर्षीय दुई छोराहरुलाई छोडेर गएकी छिन् ।

पाँचथर थर्पू समाज युके स्व. मीना तावाहाङको मृत आत्माको चीर शान्तिको कामना गर्दछ । साथै यस दुखद घडीमा उनको शोक सन्तप्त परिवार लगायत सम्पूर्ण तावाहाङ र आङबुहाङ परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

श्री तिल बिक्रम तावाहाङ
अध्यक्ष
साथै सम्पूर्ण पाँचथर थर्पू समाज यूके परिवार

मिति २९ अप्रिल २०१८
लण्डन ।

source:nepalisamchar