बैशाख २२ गते पार्टी एकता घोषणा गर्ने तयारीमा छौंः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताको घोषणा केहि दिनमै हुने बताएका छन् । उनले सम्भव भएसम्म कार्लमाक्र्सको द्विशतवार्षिकीको दिन २२ बैशाखमै एकता टुंग्याउने तयारी रहेको बताएका हुन् ।

मजदुर दिवसको दिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी एकताले विश्वकै कम्यनिष्टलाई ऐतिहासिक सन्देश दिने बताए ।

वाम सरकारप्रति जनताको भरोसा रहेको भन्दै उनले भने,‘वाम सरकारका कारण जनतामा आफ्नो जीवनमै महशुस हुने परिवर्तन प्राप्त हुन्छ भन्ने अपेक्षा छ ।’ उनले वर्तमान सरकारलाई चुनावी प्रतिबद्धता व्यवहारद्वारा सिद्ध गर्ने अवसर रहेको बताए ।

source:nayapatrika