रानीपोखरी पूनर्निर्माण गर्न नयाँ ठेक्का दिने तयारी, पुरानै संरचनामा नक्सांकन हुँदै

काठमाडौं महानगरपालिकाले रानीपोखरी पूनर्निर्माणको जिम्मा पाएको वर्ल्डवाइड कँडेल केएन केजीभीसँगको पुरानो ठेक्का रद्द गरेपछि नयाँ सुचना निकाल्ने तयारी गरेको छ । स्थानीयको विरोधपछि पुरानो ठेकदारसँग सम्झौता तोडेको महानगरपालिका नयाँ ठेक्काको तयारीमा जुटेको सह प्रवक्ता नमराज ढकालले जानकारी दिए । यस अघि छुट्याइएको ११ करोडको ठेक्कामध्य महानगर र ठेकेदारबीच ६ करोडको ठेक्का स्विकृत भएको थियो । ठेकेदारले सम्झौता अवधिभर २ करोडको काम गरेकोभएपनि पुरानो संरचना अनुसार नभएको भन्दै स्थानियले विरोध जनाएका थिए । नयाँ सुचनामा यसअघिको कंक्रिट हटाउने विषय पनि समेटिने महानगरले जनाएको छ । महानगरले यसै हप्ताभित्र सुचना प्रकाशित गरेर बढीमा एक महिनाभित्र काम गर्ने तयारी गरेको छ । सह–प्रवक्ता ढकालका अनुसार पुरातत्व विभागबाट पुरा इस्टिमेट नआउँदा  काममा केही ढिलाई भएको हो । पुरातत्व विभागले नक्सांकनको काम जारी राखेकोले त्यो पुरा भएपछि अगाडी बढ्ने उनले जानकारी दिए ।

source:bizkhabar