ओली–प्रचण्डले धुम्वाराहीको पार्टी कार्यालय अवलोकन गरे, पेरिसडाँडा जाँदै

 

तत्कालिन एमाले र माओवादी एकीकृत भए बनेको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले आज पार्टी कार्यालयको अवलोकन गरेका छन् ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र प्रचण्डसहित केन्द्रीय सचिवालयमा रहेका माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेललगायतका नेताहरु रहेका छन् भने पार्टी एकता कार्यक्रममा अनुपस्थित रहेमा झलनाथ खनाल आज पनि देखिएनन् ।

अध्यक्षद्वय ओली र प्रचण्डका लागि धुम्वाराही र पेरिसडाँडा दुवै कार्यालयमा दुर्इ/दुर्इ वटा कुर्सी राखिएकाे छ ।

source:enayapatrika