तस्बिरमा हेर्नुस् मेलम्ची पानी ट्यांकी प्रशोधन केन्द्रको प्रगति

काठमाडौँकाे सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा पहिलो चरण अन्तर्गत दोस्रो प्रशोधन ट्याङ निर्माणकार्य भइरहेको छ । दोस्रो ट्याङ निर्माण अबको ८ महिनाभित्र सम्पन्न भइसक्ने इन्जिनियर बर्मराज भण्डारीले जानकारी दिए ।

पहिलो चरणको साढे ८ करोड लिटर क्षमताको पहिलो ट्याङ निर्माण सम्पत्र भएर परीक्षणसमेत भइसकेको छ । पहिलो प्रशोधन ट्याङको निमार्ण जाइका संस्थाको ऋण सहयोगमा सम्पन्न भएको थियो भने दोस्रो ट्याङको निर्माणमा एयशियाली विकास बैँकको सहयोग रहेको छ ।

शब्द/तस्बिर : चन्द्रकाला क्षेत्री

source:enayapatrika