साढे ३३ किलो सुनकाण्डः पूर्वडीआईजीसहित २८ पुर्पक्षका लागि थुनामा, दुईजना रिहा

बिराटनगरः साढे ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याकाण्डमा मुछिएका २८ जना पुपक्र्षका लागि जेल चलान भएका छन् । 

मोरङ जिल्ला अदालतमा करिब एक महिना लामो बहसपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

थुनामा जानेहरुमा पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनीसहित प्रहरी, सर्वसाधरण र व्यापारीसहित २८ जना रहेका छन् । 

त्यसैगरी प्रहरी हवलादर विष्णुबहादुर खड्कालाई अदालतले १५ हजार धरौटी लिएर तारेखमा रिहा गरेको छ । अर्का अभियुक्त अम्बहादुर थापा भने साधरण तारेखमा रिहा भएका छन् ।

यो प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेतीलाई भने आजै अदालतमा पेश गरेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइएको छ ।  

source:annapurna