नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ, प्रमुख सचेतकमा गुरुङ

काठमाडौँ — नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् । 

बुधबार बानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले नेम्वाङलाईप्रतिनिधिसभातर्फउपनेता र गुरुङलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले सचेतकमा शान्ता चौधरीलाई चयन गरेको नेकपाले जनाएको छ।
 
पार्टी एकताअघि नेम्वाङ तत्कालीन एमाले संसदीय दलको उपनेताको जिम्मेवारीमा थिए भने गुरुङ पनि प्रमुख सचेतककै भूमिकामा थिए। पार्टी एकीकरणपछि उनीहरुलाई नयाँ जिम्मेवारी दिइएको हो।
 
यसैगरी, राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन्।
source:kantipur