सुन तस्करी प्रकरणमा मुछिएका फरार एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

सुन काण्डका फरार अभियुक्त नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।

उनले अाज बिहान ११ बजे जिल्ला अदालत माेरङकाे ६ नम्बर इजलासका न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष अात्मसमर्पण गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी निशान थापाले नयाँ पत्रिकालार्इ जानकारी दिए ।

उनी हुलिया परिवर्तन गरेर अदालत पुगेका थिए । उनलार्इ अदालतसमक्ष अात्मसमर्पण गराउन कानुनव्यवसायीले सहयाेग गरेका हुन् ।

अहिले अदालतमा उनकाे बयान जारी छ । बयान अाजै सकिए थुनछेक बहस हुने र नसके प्रहरीकाे न्यायीक हिरासतमा रहने जिल्ला अदालत माेरङ प्रशासनले जानकारी दिएकाे छ ।

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका उनी फरार रहँदै अाएका थिए । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिससमेत जारी भएको थियो ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए ।

साथै, गाेरेले थापा पक्राउ परेपछि सुन तस्करीकाे सम्पूर्ण पाटाे खुल्ने बयान दिएका थिए ।

source:enayapatrika