हावाहुरी र भारी वर्षाबीच डा. देवकोटालाई लिएर गाेरखा उड्याे हेलिकाेप्टर (फाेटाेफिचर)

हावाहुरी र भारी वर्षाबीच प्रख्यात न्युरोसर्जन डा. उपेन्द्र देवकोटालार्इ लिएर नेपाली सेनाकाे हेलिकाेप्टर गाेरखातर्फ उडेकाे छ ।

डा. देवकाेटाले जन्मथलो टेक्ने रहर व्यक्त गरेपछि उनलाई नेपाली सेनाको ‘नाइन एन आरएआइ’ पब्लिक हेलिकाेप्टरमा राखेर गोरखाको लिगलिगस्थित पण्डित गाउँ लगिएको हो ।

उनका साथ चिकित्सककाे टाेली पनि रहेकाे छ । तर, उनलार्इ त्यसतर्फ लगिँदा माैसमी प्रतिकुलता देखिएकाे छ । हेलिकाेप्टर उड्नुअघि नै काठमाडाैंकाे बाँसबारीस्थित न्युराे अस्पताल र अासपास ठूलाे हावाहुरीसहित भारी वर्षा भएकाे थियाे । भारी वर्षाकै बीच उनलार्इ लिएर हेलिकाेप्टर उडेकाे हाे ।

डा. देवकोटाका भतिज वसन्त देवकोटाले दिएको जानकारीअनुसार स्वास्थ्यमा सामान्य सुधार देखिएकाले डा. देवकोटाले नै गोरखामा रहेको जन्मघर जाने इन्छा व्यक्त गरेका हुन् ।

डा. देवकोटाले आफ्नो गाउँ, जन्मघरमा टेक्ने र गाउँकै सिस्नेधाराको पानी पिउने इच्छा जाहेर गरेपछि त्यसतर्फ लगिएको हो ।

उनको बाँसबासीस्थित न्युरो अस्पतालको सघन कक्षमा उपचार भएको थियो । अस्पतालबाटै उनलाई गोरखा लगिएको हो । डा. देवकोटा पित्तथैलीको क्यान्सरबाट पीडित छन् ।

तस्बिरहरू : सराेज बस्नेत/नयाँ पत्रिका

  

source:enayapatrika