यूएन पार्कमा गुण्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

काठमाडौँ — शंखमुलस्थित यूएनपार्क नजिकै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई आक्रमण गर्न खोजेपछि काभ्रेली समूहका गुण्डा अशोक लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

महाशाखा प्रमुख एसएपी धिरजप्रताप सिंहका अनुसार लामालाई दायाँ घुँडा मुनी गोली लागेको छ। उनलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल पुर्‍याएको सिंहले बताए।
 
एसएसपी सिंहका अनुसार प्रहरीले लामालाई पछ्याउँदै जाँदा उनले प्रतिकार गर्न खोजेपछि प्रहरी टोलीले गोली चलाएको हो। लामाको साथबाट एक पेस्तोल र २ थान गोली पनि बरामद भएको छ।
लामाले सातदोबाटोदेखि भैंसिपाटीसम्म विभिन्न व्यापारी तथा घरजग्गा प्लटिङ व्यवसायीसँग धम्काएर पैसा असुल गर्ने देखि अवैध रुपमा जुवा खेलाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ।
 
उनीसँगै रहेका २ जना भाग्न सफल भएको प्रहरीले जनाएको छ।
source:kantipur