नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।
बुधबार हनुमान ढोका स्थित गद्धी बैठक भवन पुननिर्माणको उद्घाटनकाे क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।


प्रधानमन्त्री ओलीले भवन पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरेका छन् । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वका भएको उनले बताए ।

२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको, सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । ‘भूकम्पको समयमा अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ’ ओलीले भने, ‘हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।’


प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । संविधानसभाले संविधान जारी गरेर, नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

source:enayapatrika