ग्रान्डी अस्पतालमा बिरामी लिन गएको हेलिकप्टर दुर्घटना

काठमाडौँ — ग्रान्डी इन्टरनेशनल अस्पतालमा बिरामी लिन गएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । 

 

सिम्रिक एयरको 9N-ALR हेलिक्पटर शनिबार अवतरणको क्रममा दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ। अस्पतालको रुफ टप हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियाे।
 
हेलिकप्टरमा रहेका क्याप्टेन हरेराम थापा सकुशल छन्। हेलिकप्टरमा सामान्य क्षति पुगेको छ।
 
त्रिभुवन विमानस्थलबाट उक्त हेलिकप्टर साढे २ बजे उडेकोथियो।
 
source:ekantipur