द्वन्द्वकालीन समस्यालाई लिएर अनशन बस्नु औचित्यहिन: गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले द्वन्द्वका समस्याहरु राजनीतिक ढंगले हल हुने जानकारी दिँदै अनशन बस्नुको औचित्य नरहेको बताएका छन् ।

गृहमन्त्रालयदेखि नयाँ पत्रिका फेसबुक लाईभमा बोल्दै उनले द्वन्द्वमा हजारौँले ज्यान गुमाएको र हजारौँ अंगभंग भएकोले समस्याको समाधानका लागि अनशन बस्नु उपयुक्त नभएको बताएका हुन् । गंगामाया अधिकारीको अनशनको विषयलाई लिएर गरिएको प्रश्नमा उनले सो जवाफ दिएका हुन् ।

त्यस्तै उनले बाढी पहिरोबाट आउने समस्याको बारेमा सरकार गम्भीर रहेको र विपदको बारेमा सरकारले पूर्व तयारी गरेको जानकारी दिएका छन् ।

गृहमन्त्री थापाले देशको शान्ति र लोकतन्त्रको लागि खतरा विखण्डनकारीलाई निस्तेज गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् । देशलाई टुक्राउन चाहने तत्वलाई कानुन बमोजिम निस्तेज र नियन्त्रण गर्ने स्पष्ट नीतिको आधारमा सरकार अघि बढेको उनले बताए ।

source:enayapatrikadaily