गंगामायाले भनिन् ‘हत्यामा संलग्नलाई कारवाही होस्, स्वतः अनशन तोड्छु’

र अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोडाउन पुगेका सरकारी टोली अनशन नतोडाइ फर्किएको छ । अधिकारीले अनसन नतोड्ने बताएपछि बिना तयारी पुगेका मानवअधिकार सहित सरकारका प्रतिनिधी फर्किएका हुन् ।

प्रतिनिधीहरुले उनलाई अनसन तोड्न आग्रह गरेपनि उनले आफ्ना माग पुरा भए स्वतः अनसन तोड्ने बताइन् । पक्राउ परेका छविलाल पौडेललगायत हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएपछि आफै अनशन तोड्ने प्रतिनिधीलाई उनले जवाफ दिइन् ।

‘पहिला हत्यामा संलग्न सबैलाई कारबाही होस्, म स्वतः अनशन तोड्छु ।’ उनले भनिन्, ‘अब देखि यसरी अनशन तोडाउने भन्दै नआउनु ।’ सरकारले आफ्नो श्रीमानलार्इ समेत मारेको उनले आरोप लगाइन् ।

कानुन सचिव राजिव गौतम, गृह सहसचिव, प्रमुख जिल्ला अधिकारी समेत टोलिमा थिए । सरकारको टोलीले भने अपराधीलाई कारवाही हुने आश्वासन दिँदै अनशन तोड्न आग्रह गरेको थियो ।

०६१ जेठ २४ मा तत्कालीन विद्रोही माओवादी कार्यकर्ताद्वारा कृष्णप्रसादको हत्या भएको थियो । छोराका हत्यारालाई कारवाहीको माग गर्दै गंगामाया पटक–पटक अनशन बस्दै आएकी छन् । उनका श्रीमान् नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो ।

तस्बिर ः सराेज बस्नेत

source:nayapatrikadaily