देउवाले शिक्षण अस्पतालमा पुगेर अनशनरत केसीलाई भेटे

काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई भेटेका छन् । उनले शुक्रबार अपरान्ह साढे ४ बजे शिक्षण अस्पतालमा पुगेर केसीसँग कुरा गरेका हुन् । यसअघि केसीलाई भेट्न अभिनेत्री मनीषा कोइरालासहितका व्यक्तिहरु पुगिसकेका छन् । 

भेटका क्रममा देउवाले केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यसक्रममा उनले केसीले उठाएका माग जायज भएको जनाउँदै सरकारले पुरा नगरिदिएर गल्ती गरेको उल्लेख गरेका थिए । 

source:annapurnadaily