डा.केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति शिक्षण अस्पतालमा

काठमाडौँ — पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

 

डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण डा.केसीको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए। पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरेका छन्।
 
जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन सुरु गरेका डा केसीलाई गत बिहीबार सरकारले काठमाडौं ल्याएको थियो। पन्ध्रौँ पटक अनशन बसेका डा केसीसँग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन।
source:kantipurdaily