गोरेको हिसाब खाता प्रमाणित, सनमले नै सबै हिसाब राखेको पुष्टि

काठमाडौँ । शेरबहादुर तामाङले राजीनामा बुझाएपछि रिक्त कानुन मन्त्रालयको जिम्मेवारी कसले पाउला भनेर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्र चर्चा शुरू भएको छ ।
बंगलादेशमा अध्ययनका लागि गएका छात्राहरुले सर्टिफिकेट पाउन शरीर सुम्पनुपर्ने बताएपछि तामाङ विवादमा तानिएका थिए । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा र्दिएका छन् । 

 

रिक्त मन्त्री पदमा मोरङ–३ बाट निर्वाचित भानुभक्त ढकाल र चितवन– २ बाट निर्वाचित कृष्णभक्त पोखरेलको नाम चर्चामा रहेको ने क पा स्रोतले जानकारी दियो ।

 

तथापि शेरबहादुर तामाङले आजमात्रै राजीनामा बुझाएकाले आजै नयाँ मन्त्री नियुक्त हुने सम्भावना भने नरहेको सचिवालयको भनाइ छ ।

 

 

यसअघि तत्कालीन एमालेका प्रमुख सचेतक रहेका ढकाल ओली निकट मानिन्छन् । त्यस्तै पोखरेल यसअघिको व्यवस्थापिका संसद्को विधान समितिका सदस्य थिए ।

 

मन्त्री छान्ने जिम्मा प्रधानमन्त्रीलाई
ने क पा स्थायी समिति सदस्य बेदुराम भुसालले मन्त्री छान्ने तजबिज प्रधानमन्त्री केपी ओलीकै भएको बताए ।  त्यसका लागि सचिवालय या अन्य कमिटीको बैठक बस्नु नपर्ने उनको भनाइ थियो । “उहाँले बैठक बोलाउन पनि सक्नुहुन्छ, आफैँ गर्न पनि सक्नुहुनेछ, त्यो उहाँको कुरा भयो,” उनले बाह्रखरीसँग भने ।

source:baarhakhari