राजधानीको जोरपाटीमा १४ वर्षीय बालिका बलात्कृत, आरोपी प्रहरीको नियन्त्रणमा

१४ वर्षीय सुस्तमनस्थितीकी बालिका बलात्कारको आरोपमा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ६ की महिला वडासदस्यका श्रीमान पक्राउ परेका छन् ।

बलात्कारको आरोपमा हरी प्रसाद तिमिल्सीनालाई पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ । बालिका तिमिल्सीनाको घरमा भाडामा बस्दै आएकी थिइन् ।

शनिबार राति बालिकाले चिच्याएपछि छिमेकीले थाहापाई प्रहरीलाई खबर गरेका थिए । तिमिल्सीनालाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको थियो ।

source:nayapatrikadaily