जनताले रवीन्द्र मिश्रलाई भोट हाल्दैनन्ः प्रकाशमान

नेपाली काँग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेद्धवार प्रकाशमान सिंहले जनताले हावाको भरमा  विवेकशील साझा पार्टीका  आफ्ना प्रतिस्पर्धी उम्मेदवार रवीन्द्र मिश्रलाई भोट नहाल्ने दाबी गरेका छन् ।  सोमबार राजधानीमा आयोजित  एक कार्यक्रममा उनले सपना बाँड्दैमा  जनताले विश्वास  नगर्ने बताए ।

प्रश्न गर्ने छबि बनाएका मानिसहरुले प्रश्नको हिसाव मिलाउन नसक्ने आरोप लगाउँदै उनले भने, ‘प्रश्न सोधेर मात्रै हुन्छ ? उत्तर दिन आउनुपर्यो नि, उनले राजनीति बुझेका छैनन, उनको न पार्टी छ, न त जनता छन् ।’ सिंहले अघि भने,‘रविन्द्रजी राम्रो पत्रकार हो, उहाँले प्रश्न गर्न जान्नुभएको छ, जनताले प्रश्न भन्दा पनि हिसाव चाहन्छन्, यो क्षेत्रका जनताहरु सचेत छन्, हावाका भरमा बाँडिएका सपनाहरुका पछि लाग्दैनन्।’