आजै ४ बजेपछि आर्यघाटमा दाहालको अन्त्येष्टी गरिने

दिवंगत प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । उनको शरिरलाई साढे १ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिने प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । उनका अनुसार आजै अपरान्ह चार बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।

प्रकाशको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । अस्पिटलका अनुसार प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए । यो समाचार इ कान्तिपुरले लेखेको छ