ओलीलाई बेइजिङमा ‘गार्ड अफ अनर’ दिइयाे (फोटो फिचर)

चीनको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गार्ड अफ अनर’ दिइएको छ ।  ओलीलाई उनका चिनियाँ समकक्षी लि खछयाङको उपस्थितीमा ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएको हो ।

‘गार्ड अफ अनर’ ग्रहणपछि ओलीले चिनियाँ पक्षलाई आभार व्यक्त गरे । अाेलीलाई गार्ड अफ अनर दिएलगत्तै द्विपक्षिय वार्ता सुरु भएको छ । वार्तामा उर्जा, रेल, इन्धन लगायत विषयमा चिनियाँ लगानीका विषयमा छलफल हुनेछ ।

   

source:enayapatrika