टिपर दुर्घटनामा मृतकको संख्या १८ पुग्यो, १४ घाइते

पोखरा, म्याग्दी — मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमा १२ पुरुष र ६ महिला रहेका छन् । दुघर्टनामा १४ जना घाइते छन् ।

 

घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए। मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन। घाइतेलाई सदरमुकाम जोमसोमतर्फ लगिँदैछ।
 
उनका अनुसार एउटा हेलिकप्टर जोमसोम पुगेको छ। प्रहरी घटनास्थलतर्फ लागेको छ।
 
घिलिङ नजिक बिहानको खाना खाएर कार्यस्थल फर्कंदै गरेका मजदुर बोकेको बा २ क २२१९ नम्बरको टिपर बेनी-जोमसोमको कोरला सडक खण्डअन्तर्गत दामोदर कुण्ड-३ स्थित स्याङ्बोचेमा करिब दिउँसो २ बजे सडकबाट तल खसेको हो। प्रहरीका अनुसार टिपरमा ३२ जना सवार थिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको हो। टिपर सडकबाट झन्डै ६० मिटर तल खसेको छ।
 
..............
उपल्लो मुस्ताङको स्याङ्बोचेमा मजदुर बोकेको टिपर दुर्घटना हुँदा कम्तीमा १७ जना मजदुरको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्।
 
दामाेदर कुण्ड गाउँपालिका-३ मा भएकोदुघर्टनामा मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन।मृतकमध्ये १२ पुरुष र ५ महिला छन्।
 
घाइतेमध्ये १० को अवस्था चिन्ताजनक र ५ जना सामान्य अवस्थामा रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए। उनका अनुसारघाइतेको उद्धारका लागि काठमाडौंबाट दुई हेलिकप्टर जाँदैछन्।
 
मुस्ताङका प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काका अनुसार शुक्रबार जोमसोम–कोरला खण्डको घिलिङ नजिक बिहानको खाना खाएर कार्यस्थल फर्कदै गरेका मजदुर बोकेको बा २ क २२१९ नम्बरको टिपर करिब दिउँसो २ बजे सडकबाट तल खसेको हो।
 
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
source:kantipurdaily