फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेल जेल चलान

काठमाडौँ — गोरखा फुजेलका १८ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा पुर्पक्ष थुनाको आदेशपछि फरार रहेका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई सर्वोच्च अदालतले २०७२ साल पुस ६ गते पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो ।

 

उनलाई तत्काल डिल्लीबजार कारागार पठाइएको छ ।
 
आफ्नो छोराका हत्यामा संलग्नमाथि कारबाहीको माग राखी कृष्णप्रसादकी आमा गंगामाया अधिकारी वीर अस्पतालमा आमरण अनशनमा छिन् ।
 
कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला २०६१ जेठ २४ मा हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो।
source:kantipurdaily