कञ्चनपुरबाट फिर्ता बोलाइएका एसपी विष्ट निलम्बित

काठमाडौँ — गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

 
 
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार उनलाई तत्काल निलम्बन गर्न निर्देशन दिइएको हो। कञ्चनपुरको बलत्कार घटनामा ‘विवादमा तानिएपछि’ उनलाई काठमाडौं फिर्ता बोलाइएको थियो।
 
कञ्चनपुरका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र कञ्चनपुर प्रहरी कार्यालयको मुद्दा शाखाका इन्स्पेक्टर एकिन्द्र खड्कालाई समेत अनुसन्धान गरी कारबाही गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई शनिबार निर्देशन दिएको छ।
 
source:kantipurdaily