श्रीनिवास आचार्यलाई हातहतियार तथा खरखजाना मुद्दा

आफैलाई गोली हान्न लगाउने आरोप लागेका पण्डित श्रीनिवास आर्चायलाई मोरङ प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गराएको छ ।

बिराटनगर महानगरपालिका १४ स्थित जतुवा टोलमा पुराण बाचन गर्न आएका हिन्दु धर्मका पण्डित २६ वर्षीय श्रीनिवास आर्चायले आफैले आफैलाई गोली हान्न लगाएर धार्मिक सदभाव भडकाउन खोजेको आरोपमा मोरङ प्रहरीले मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा मगलबार हातहतियार तथा खरखजाना मुद्दा दर्ता गराएको हो ।

उनलाई हातहतियार तथा खरखजना मुद्दामा १० दिनको म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले बताए । हातहतियार खरखजाना ऐन २०१९ अनुसार, कसुर ठहर भए अर्चायलाई एक वर्ष कैद र एक लाख रुपैया जरीवना वा दुवै सजाय हुनसक्ने छ ।

गत २५ चैतमा जतुवा स्थित रामजानकी मन्दिरमा हुने सप्ताह व्यापी भागवत पुराणमा मुख्य बाचक बनेर आएका पण्डित आर्चायले बिहान २ बजे आफनै अंगरक्षकबाट आफुलाई गोली हान्न लगाएर धार्मिक दंगा भडकाउन प्रयास गरेको आरोप मोरंग प्रहरीको छ ।

पण्डित श्रीनिवासलाई गोली प्रहार गर्ने उनका अंगरक्षक रहेका चितवनको भरतपुर महानगरपालिका ४ बेल चोक बस्ने २९ वर्षीय माधब चौधरी र र पेस्तोल दिने उनका नवलपरासी गैडाकोट नगरपालिका ५ बस्ने ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पक्राउ गरेपछि पण्डित आर्चायले आफैलाई आफै गोली हान्न लगाएको पृष्टि भएको थियो ।

 

पक्राउ गरेका चौधरी र अधिकारीलाई २० वैसाखमै ज्यान मार्ने उद्योग गरेको आरोपमा मोरङ जिल्ला अदालतमा म्याद थप गराइसकेको छ । बारा जिल्लाको सिमरा नगरपालिका ३ पानीटयांङकी घर भएका पण्डित श्रीनिवास सुनसरीको बराह नगरपालिका वडा न. ६ स्थित चक्रघटी लक्ष्मी बैंङकटेशको आश्रममा बस्दै आएका थिए । उनले त्यही बसेर अति हिन्दुवादको नाममा अराजक गतिविधि गर्दै आएका थिए ।

अति हिन्दुवादी र पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा पण्डित श्रीनिवासले २०७० साउनमा सुनसरीको ईटहरीमा अराजक आन्दोलन पनि चर्काएका थिए । प्रहरीले उनलाई पक्राउ गरेर चेतावनी दिएर छाडेको थियो ।

 

श्रीनिवासले  हिन्दुवादको नाममा अराजक गतिविधि गर्दै आएका थिए ।  उनले  हिन्दु धर्मका लागि केही गर्नुपर्छ भन्दै  अाफ्ना सर्मथकहरुको गिरोह बनाएर उत्तेजित गराउदै आएका थिए ।

 

गत २९ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीनिवासलाई उनकै आश्रम सुनसरीको चक्रघटीमा पुगेर एक घण्टा गोप्य बार्ता गरेका थिए । श्रीनिवासले हिन्दु धर्मका लागि केही गर्नुपर्छ भन्दै  अाफ्ना सर्मथकहरुको गिरोह बनाएर उत्तेजित गराउदै आएका थिए ।

हिन्दु धर्मगुरु माथि सांघातिक आक्रमण भएपछि घटनाको मोरङ प्रहरी, एक नम्बर प्रदेश प्रहरी बिराटनगर र संघिय प्रहरी ईकाई धरानको बिशेष अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो ।

सुरुमा प्रहरीले पण्डित श्रीनिवासलाई भारतीय सुटर प्रयोग गरेर वा उनकै आन्तरिक सत्रु वा मंगोल अर्गनाईजेसनका कार्यकर्ताले ज्यान मार्ने नियतले गोली प्रहार गरेको शंका गरेर अनुसन्धान गरेको थियो । तर दुई दर्जन शंकास्पद व्यक्त्ति प्रयोग गर्दा पनि पत्ता नलागेपछि प्रहरीले आफैले धार्मिक दंगा फडकाउन श्रीनिवास आफैले ‘इस्टन्ट’ गरेको शंका गर्दै अनुसन्धान अगाडी बढाएपछि घटना पृष्टि भएको थियो ।

घटनास्थलमा कमप्युटर प्रिन्ट भएको सानो हिन्दु धर्म बिरोधी गतिबिधि गरेको आरोप लगाएको एउटा मात्र पर्चा फेला पर्नु , घटनाको कसैले जिम्मा नलिनु , पण्डितलाई गोली हान्नेले एउटा मात्र गोली हान्नु र पण्डितले आफुलाई मोटर साइकलमा आएका मंगोल अनुहाका प्रस्ट नेपाली बोल्ने दुई जनाले गोली हानेको बयान दिनु आदि तथ्यले प्रहरीलाई पण्डिततर्फ अनुसन्धान केन्द्रीत गर्न सहयोग पु-याएको थियो ।

बिराटनगरको न्यूरो अस्पतालमा उपचार गराएर डिस्र्चाज भएका श्रीनिवासलाई काठमाण्डौ अन्तराष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली जाने क्रममा प्रहरीले सोमबा पक्राउ गरेर मोरङ ल्याएको थियो ।

source:enayapatrika