ट्रक र जीप ठोक्किदा ट्रकमा आगलागी, राजमार्ग जाम

धादिङ — पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे–७ मा ट्रक र जीप आपसमा ठोक्किएर भएको आगलागीमा  ट्रक पुरै जलेको  छ । 

 

काठमाडौं जादै गरेको ना५ख ८७७० नम्बरको ट्रक र मुग्लिङ जादै गरेको बा१७च १०९३ नम्बरको जीप ठेक्किएर ट्रकमा आगलागी भएको हो। आगलागीबाट सिमेन्ट बोकेको ट्रक पुरै जलेको छ। दुर्घटनामा जीपमा सवार २ जना घाइते भएका छन्।
आगो निभाउन ६० किलाेमिटर टाढा सदरमुकामबाट अाएकाे निलकण्ठ नगरपालिकाकाे दमकल पुग्दा ट्रक जलिसकेको थियो।
दुर्घटना पछि ३ घण्टायता राजमार्गमा लामो सवारी जाम भएको छ। जाम खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
source:kantpipur