लुम्बिनीमा २ दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु

लुम्बिनीमा २ दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु (फोटोफिचर)

कपिलवस्तु — बुद्धजन्मस्थल लुम्बिनीमा २ दिने अन्तर्राष्ट्रिय सम्मेलन शनिवारबाट सुरु भएको छ ।



 

‘लुम्बिनी नेपाल : भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ विषयमा सम्मेलनमा २५ मुलुकका ३ सय विदेशी र सय बढी नेपाली सहभागी छन् ।

 सम्मेलनको उद्घाटन गर्दै पर्यटन तथा संस्कृति मन्त्री रबिन्द्र अधिकारीले विश्वकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन महत्वपुर्ण योगदान पुग्ने बताए । 

कार्यक्रममा चिनियाँ बौद्ध एसोशियनका उपाध्यक्ष मास्टर ईन सुन, श्रीलंकाको अमरपर महासंघ सभाको महानायक कुटुगोड धम्मवास महास्थवीर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीर, बेलायती पुरातत्वविद् डा. रविन कनिङ्गघम र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. नरेशमान बज्राचार्य लगायतका बोलेका थिए । 

source:kantipur