गाउँकै युवतीसँग छोराको प्रेम हुँदा आमा कुटिइन्

सिरहाको धनगढीमाई नगरपालिका, ३ कुर्वामा भएको छलफलमा एक महिला कुटिएकी छन् । ‘गाउँलेले निर्णय नमानेको’ भन्दै स्थानीयले ४८ वर्षीय लक्ष्मीकुमारी महतोलाई कटेका हुन् । पीडितकी कान्छो छोरा सुशील कुमार महतोले स्थानीय एक युवतीमाथि नराम्रो नजर लगाएको भन्दै ४ भदौमा छलफल हुँदा कुटेका हुन् ।

गाउँलेको कुटाईबाट घाइते भएकी महतोलाई गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ । उनको ओठ काटिएर टाँका लगाइएको छ भने, आँखा, नाक र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते भएकी उनी पाँच दिनदेखि उपचार गरिरहेको उनका जेठा छोरा संजिव महतोले बताए ।

पीडित लक्ष्मीकी कान्छो छोरा सुशील कुमार महतोले स्थानीय एक युवतीमाथि नराम्रो नजर लगाएको भन्दै ४ भदौमा छलफल भएको थियो । पीडितका अनुसार वडाध्यक्ष देवकुमार साहसहितको उपस्थितिमा भएको छलफलपछि निर्णय नमानेको भन्दै परमेश्वर यादव, जलेश्वर यादव, लालु यादव, कमल यादव लगायतले कुटपिट गरेका हुन् ।

छलफलमा स्थानीयले सात लाख ५० हजार रुपैयाँ नगद जरिबाना र २२ लाख रुपैयाँको कपाली तमसुक बनाएका थिए । लक्ष्मीले ‘त्यत्रो रकम तिर्न सक्दैनौं’ भन्दा उनलाई घिसार्दै कुटपिट गरेको पीडितकी छोरा संजिीवले बताए ।

‘छलफलपछि सात लाख ५० हजार रुपैयाँ जरिबाना र २२ लाख रुपैयाँको कपाली तमसुक गर्न नागरिकता माग्दा सक्दैनौँ भनेपछि बेस्सरी कुटे’ उनले भने, ‘युवतीमाथि नराम्रो नजर लगाएको भन्दै भाइलाई पनि हात बाँधेर करिब दुई घण्टा घाममा लडाएर यातना दिएका थिए ।’

कुटपिटमा थिइन : वडाध्यक्ष

वडाअध्यक्ष देवकुमार साहले छलफलमा जरिबाना अस्वीकार गरेसँगै कुटपिट भएको आफूले सुनेको बताए । उनले भने, ‘सामाजिक छलफलले गरेको निर्णय नमानेपछि कुटपिट भएको साँझ घर फर्केपछि मात्र थाहा पाएँ ।’

वडाध्यक्ष साहले सात लाख ५० हजार रुपैयाँ जरिबाना र २२ लाख रुपैयाँको कपाली तमसुक बनाइएको कुरा भने गलत रहेको दाबी गरे । उनले भने, ‘जरिबाना र तमसुकको कुरा हल्ला मात्र हो ।’

के हो घटना ?

गाउँमा खेतीपाती गर्दै आएकी लक्ष्मीको पति हरिदेव महतो रोजगारीको क्रममा विदेशमा छन् । उनकी छोराले गाउँकी एक युवतीमाथि नराम्रो नजर लगाएको भन्दै गत २२ साउन राति घर खानतलासी गर्दा छोरा सुशील सुतिरहेको भेटेपछि गाउँले फर्किए । त्यसको चार दिनपछि युवती पक्षले इलाका प्रहरी कार्यालय धनगढीमा उजुरी दिए ।

घर घोरा हालेपछि डराएर आफन्तको बसेका सुशील प्रहरीमा राखेको छलफलमा आएका थिएनन् । त्यसपछि ४ भदौमा गाउँमै छलफल गरेर मौखिक सहमतिसँगै छलफलमा सुशीलको आमा लक्ष्मी उपस्थित थिइन् । छलफलले ठुलो रकम मागेपछि सुशीलका आमा नमानेसँगै कुटएकी थिइन ।

source:nayapatrikadaily