सांसद जितेका दीपक मनाङेले न सपथ खाए न भोट हाले

प्रदेश ४ को राष्ट्रिय सभा सदस्य चुनाव केहीबेरअघि सकिएको छ। स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता रहेको सो प्रदेशमा १ जना मतदाता अनुपस्थित भएका छन्। अनुपस्थित हुने मतदाता मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित दीपक मनाङे हुन्। प्रदेश सभा सदस्यको सपथ पनि नलिएका मनाङे राष्ट्रियसभा  चुनावमा  पनि अनुपस्थित भएका हुन्। 

१० बजेदेखि सुरू भएको निर्वानचनमा मनाङे बाहेक अन्य २२९ जना मतदाताले मतदान गरिसकेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले सेतोपाटीलाई बताए। निर्वाचन आयोगका अनुसार मनाङेले मतदान गर्न सपथ लिनुपर्ने हुन्छ। ४ नम्बर प्रदेशसभाका विजयी सदस्य मनाङेलाई सर्वोच्च अदालतले माघ पहिलो साता पाँच वर्ष जेल सजाय सदर गरेको थियो। मतगणना ४ बजेदेखि सुरू हुनेछ।